ad ad

कला


सन् २०१९ अक्षयकुमारका नाममा, सलमानलाई पनि पछाडि पारे

 सन् २०१९ अक्षयकुमारका नाममा, सलमानलाई पनि पछाडि पारे

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १०:१६,

बलिउडका ‘खेलाडी’ अक्षय कुमारका फिल्महरू प्रायः बक्स अफिसमा सफल हुन्छन्।

गत वर्ष अक्षयले ‘केसरी’, ‘मिसन मंगल’, ‘हाउसफुल ४’ र ‘गुड न्यूज’जस्ता जम्मा चार फिल्महरू रिलीज गरे। चारै फिल्मले बलिउडमा राम्रो ब्यापार गरेर बक्स अफिसमा आफूलाई अब्बल सावित गरे।

सन् २०१९ मा सर्वाधिक कमाई गर्ने बलिउडका फिल्मको सूचीमा यी चार फिल्म परे। बलिउडमा मात्रै नभएर विश्वव्यापी रुपमा पनि अक्षयका फिल्मले राम्रो व्यापार गरे। यी मध्येबाट गुड न्यूज अहिले पनि बक्स अफिस राम्रो कमाइ गरिरहेको छ।

 अक्षयले २०१९ मा आफ्ना चार फिल्मले गरेको कमाइ सार्वजनिक गरेका छन् जसमा इन्डियामा मात्रै केसरीले १५१.८७ करोड, मिसन मंगलले १९२.६७ करोड र हाउसफुल ४ ले २०५.टण् करोड र गुड न्युजले २०० करोडको व्यापार गरेका छन्।

बलिउडमा सय करोड पार गर्ने चलनलाई व्यवसायिक हिसाबले सफल मान्य प्रचलन छ। अक्षयका यी चारै फिल्मले १५० करोड भन्दा बढीको व्यापार गरेका छन्। यी सबै फिल्मको बलिउडको मात्रै कमाइ ७५० करोड भन्दा बढी छ। भने विश्वप्यापी कमाई एक हजार करोडभन्दा माथि रहेको छ।

यसअघि सलमानका फिल्मले सन् २०१५ मा भारतमा ५१० करोड र विश्वव्यापी रुपमा ९६८ करोडको व्यापार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .