ट्याक्सीमा छुटेको नगद तथा मोबाइल फोन ट्राफिक प्रहरीको सहयोगमा सम्बन्धित धनीले फिर्ता पाएका छन्।
भेटिएको पर्स तथा मोबाइल फोन महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार सम्बन्धित ब्यक्ति ज्ञानु शर्मालाई हस्तान्तरण गरेको छ।
बिहीबार बिहान ०९ः३० देखि १०ः०० बजेको बिचमा भक्तपुर ठिमीदेखि मालिगाँउसम्म जाँदा बा२ज९१ नम्बरको टयाक्सीमा सो सामान छुटेको थियो। शर्माले दिएको निवेदनको आधारमा महाशाखाले खोजतलास गरेको थियो।
प्रतिक्रिया