ad ad

कला


अनुप्रस्थले ‘म्युजिक टु हिल एन्ड हेल्प’ च्यारिटी कन्सर्ट गर्ने

अनुप्रस्थले ‘म्युजिक टु हिल एन्ड हेल्प’ च्यारिटी कन्सर्ट गर्ने

नेपालखबर
जेठ १, २०८० सोमबार १२:५३, काठमाडौँ

चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आउँदो जेठ ६ गते शनिबार च्यारिटी कन्सर्ट गर्ने भएको छ। शनिवार एक प्रेस मिटको आयोजना गर्दै ‘म्युजिक टु हिल एन्ड हेल्प’ नामक कार्यक्रम गर्न लागिएको अनुप्रस्थ फाउन्डेसनले जानकारी गरायो।

भोकलिस्ट निरन शाहीले स्थापना गरेको अनुप्रस्थ फाउन्डेसन ‘पैसा बिना कोही मर्नु हुँदैन’ भन्ने नारासहित गरिब तथा विपन्नको उपचारमा सहयोग पुर्‍याउने लक्ष्यका साथ सो कन्सर्ट आयोजना गर्न लागिएको हो।

‘म्युजिक टु हिल एन्ड हेल्पु च्यारिटी कन्सर्ट ‘काल्म’ टङगालवुड, नक्सालमा हुँदै छ।

च्यारिटी कन्सर्टमा नेपालका चर्चित कलाकार तथा ब्यान्डको सहभागिता रहनेछ जसमा मुक्ति एन्ड द रिभाइभल, कबवेब, सविन राई एन्ड द फारोह, द एस्क ब्यान्ड, अनुप्रस्थ ब्यान्ड, द एलिमेन्टस्, इन्दिरा जोशी एन्ड ब्यान्ड, महेश दोङग्, स्वप्निल शर्मा, मेलिना राई, क्याप्टेन विजय लामा, परिवर्तन ब्याण्ड र पहेँलो बत्ती मुनिको सहभागिता रहने छ।

नेपाल डाइरिजको व्यवस्थापनमा रहेको यस कार्यक्रममा सम्पूर्ण कलाकारदेखि आयोजक बिना शुल्क क्यान्सर पीडितका उपचारका लागि सहयोग गर्ने भएका छन्। यस कार्यक्रम र डोनेसनबारे सम्पूर्ण जानकारी अनुप्रस्थ फाउन्डेसन तथा अनुप्रस्थ ब्यान्डको सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .