पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन्।
उनले कभर सिंगर शिवाना श्रेष्ठसँग काठमाडौंमा केही साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरेका हुन्। पारिवारिक स्रोतका अनुसार उनीहरूको इन्गेजमेन्ट जेठ १ गते भएको थियो।
उनीहरूको इन्गेजमेन्टको तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक भएको हो।
शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राममा स्टोरीमार्फत तस्बिर सार्वजनिक गर्दै भनेकी छिन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन।’
पारिवारिक स्रोतका अनुसार उनीहरूको औंठी साटासाट भएको र बिहे माघमा गर्ने तयारी छ।
जयवीर शिवानी फरक फरक पृष्ठभूमिको व्यवसायमा संलग्न छन्।
1.3k
Shares
प्रतिक्रिया