आजदेखि प्रदर्शनमा आएको फिल्म ‘डाकिनी’भित्र कलाकार रवीन्द्रसिंह बानियाँले बाँचेको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ। यो फिल्मलाई क्यूएफएक्सको काठमाडौंस्थित लबिम, छाया र सिभिल मलस्थित हलमा प्रदर्शन गरिएको छ।
लक्षित दर्शकलाई पायक पर्नेगरी पोखराको मिडटाउन हल तथा चाबहिलस्थित एफक्युब, सीतापाइलास्थित सीके सिनेमा हलमा पनि फिल्म रिलिज गरिएको छ। यो व्यावसायिक फिल्म नभएकाले सीमित हलमा मात्रै रिलिज गरिएको फिल्मका निर्मातासमेत रहेका रवीन्द्र सिंह बानियाँले बताए। फिल्म ९ करोड लगानी गरिएको बानियाँ बताउँछन्।
बौद्ध धर्मको डाकिनी मिथकमा आधारित फिल्म पनौती र पाटनमा छायांकन गरिएको हो। यो फिल्मको शुक्रबार साँझ प्रिमियर राखिएको छ। फिल्मको प्रिमियरमा भाग लिन निर्देशक खिन्से नोर्बु काठमाडौं आएका छन्। शनिबार निर्देश नोर्बुले काठमाडौंमा मास्टरक्लास सञ्चालन गर्नेछन्।
रिलिजको अघिल्लो दिन सार्वजनिक भएको रवीन्द्रको क्यारेक्टर लुक्समा बानियाँ ट्रान्सुवमन (पारालैंगिक महिला) को भूमिकामा देखिएका छन्।
Shares
प्रतिक्रिया