ad ad

कला


जब आमिरले एक महिलालाई घाइते बनाए...

जब आमिरले एक महिलालाई घाइते बनाए...

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १६:२०, काठमाडौँ

बलिउड अभिनेता सलमान र आमिर खानले आफ्नो करियर लगभग एकै समयमा सुरु गरेका थिए। यी दुईबीच सधैं गहिरो मित्रता रह्यो। यति मात्र होइन, दुवैले सँगै स्टेज शो पनि गरेका छन्।

अहिले भर्खरै पुराना दिनहरु सम्झँदै सलमानले निकै डरलाग्दो कहानी सेयर गरेका छन्। उनले एक शोका क्रममा आमिरको डन्डि हातबाट खसेको एक महिलाको टाउकोमा परेर महिला नराम्ररी घाइते भएको कहानी सुनाए।

उक्त घटनालाई सम्झँदै आमिरले भनेका छन्, ‘हामी एक कार्यक्रममा डान्डिया डान्स खेलिरहेका थियौं। यसैबीच, आमिरले गल्तिले डान्डिया फ्याँके र एक महिलाको टाउकोमा लाग्यो। उनको टाउकोबाट रगत निस्कन थाल्यो। त्यसबेला हामी डराएका थियौं। पछि त्यो घटनालाई त्यहि रुपमा मिलाइयो।’

आमिरले सलमानसँगको अर्को किस्सा पनि शेयर गरेका छन्। एकपटक आमिरले फ्यानका अगाडि सलमानले उनको लागि गीत गाउने घोषणा गरेका थिए। यो सुनेर सलमान छक्क परे। समस्याबाट बच्न सलमानले एक गायकलाई त्यो गीत गाउन भने।

सलमानल त्यो रमाइलो कथा सुनाउँदै भने, ‘आमिरले घोषणा गरे कि सलमान एक महान गायक हुन्। उनले गीत गाउनेछन्। अब म फस्छु भन्ने लाग्यो। म कार्यक्रमका गायक कहाँ गएँ र उनलाई साजनको ‘जिए तो जिये कैसे’ गीत थाहा छ कि भनेर सोधेँ। गायकले थाहा भएको जवाफ दिए।’

सलमानले उक्त गायकलाई विङ्मा गएर गीत गाउन भनेका थिए, गायकले गाउन थालेपछि सलमानले लिप सिंक गर्न थाले। सलमानको गीत सुनेर फ्यानहरु पागल भए। सलमानको गीतबाट आमिर पनि प्रभावित भएका थिए। सलमानले भने, ‘मैले कति राम्रो गाएको देखेर आमिर छक्क परे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .