अभिनेता सोनाम तोप्देन फिल्म ‘चिसो वर्ष’मा देखिने भएका छन्। फिल्ममा उनले निर्वाह गर्ने भूमिकाको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ। सार्वजनिक लुक्समा उनी लामो जुँगा र कपालमा देखिएका छन्।
यो फिल्म मीनबहादुर भामले निर्देशन गर्ने छन्। फिल्मका लागि सोनामले गएको वर्षको दसैंअगाडि नै अडिसन दिएका थिए। सोनाम फिल्मको मुख्य अभिनेताका रुपमा काम गरिरहेका छन्।
भामसँग काम गर्न पाउँदा सोनाम निकै उत्साहि देखिएका छन्। भन्छन्, ‘यो फिल्म मेरा लागि विशेष हुने छ। मीनजीको विश्व बजारमा छुट्टै क्रेज छ। उहाँको निर्देशनमा काम गर्न पाउँदा खुसी लागेको छ।’
यो फिल्मको छायांकन डोल्पामा गरिने छ। फिल्ममा बाँच्न एक महिलाले गर्ने संघर्षको कथा प्रस्तुत गर्ने निर्देशक भामले जनाएका छन्।
822
Shares
प्रतिक्रिया