वैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र 'हल्कारा'ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन वितेजा घोषणा भएका छन्।
प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका हुन्। जसमा प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका-१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँबानेश्वर, काठमाडौंकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका-०६, मकवानपुरका बाशुदेव अर्यालले प्राप्त गरेका छन्।
प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार रूपैयाँ रहेको थियो।
चलचित्र टिमले विजेताहरुलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएको छ। यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले अत्यन्तै चाहेका, चाहेर पनि नपाएका अथवा आफूले सँधैं सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो। पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने बताईएको थियो।
सोही अनुरुप नेपालभरबाट पत्रहरु प्राप्त भएका थिए।
प्रतियोगिताका विजेता वैशाख २७ गते घोषणा हुने भनिएतापनि प्राविधिक जटिलताका कारण केही ढिलो भएको निर्माण टिमले जनाएको छ।
Shares
प्रतिक्रिया