नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
नेफिन युकेले मंगलबार नेफिन संघीय समितिमार्फत केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो। संघीय कार्यालय काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले बताए।
केन्द्रले मुलुकभित्रै महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै उनले यो अभियानमा सहभागी हुन समेत अपिल समेत गरेको छ।
कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक महावीर पुनले केन्द्रले सञ्चालन गरिरहेको अभियानका विषयमा आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताए।
अभियानबारे अझैपनि धेरैले नबुझेको भन्दै उनले अभियानको उद्देश्यबारे बुझाउन आवश्यक रहेको बताए। 'अभियानमा धेरैले हामीलाई हौसला सहयोग गर्नुभएको छु,' उनले भने, 'केहीले यस विषयमा नबुझेर नै टिकाटिप्पणी पनि गरिरहनुभएको छ। यो अभियान २-४ वर्षको प्रोजेक्ट होइन। यसको क्षेत्र वृहत् छ। यसको समय अनन्त कालसम्मको छ। यसको वास्तविकता बुझाउन आवश्यक छ।'
Shares
प्रतिक्रिया