अभिनेत्री रिद्धि डोगरा यतिबेला वेब-सिरिज ‘असुर २’को कारण चर्चामा छिन्। यो सिरिजको पहिलो सिजन ३ वर्षअघि नै रिलिज भएको थियो।
अर्सद वर्सी, रिद्धि, अनुप्रिया गोयंका लगायतको भूमिका रहेको उक्त सिरिज त्यस समयमा निकै चर्चामा आएको थियो, निकै सकारात्मक प्रतिक्रिया पाएको सिरिजको नयाँ सिजनले पनि उत्तिकै चर्चा पाउनेमा रिद्धि ढुक्क देखिन्छिन्।
सिरिजबाहेक उनी एक फिल्ममा पनि अनुबन्ध भएकी छिन्, त्यो हो शाहरुख खानको आगामी फिल्म ‘जवान’।
‘मैले यो फिल्मका लागि अडिसन दिएकी थिएँ। एक वर्षपछि टिमबाट फिल्मका निर्देशक तिमीलाई भेट्न चाहन्छन् भन्ने फोन आयो। त्यो दिन मेरो लागि धेरै विशेष थियो, किनकि त्यही दिन मेरो हजुरबुवाको जन्मदिन थियो, जो अब यो संसारमा हुनुहुन्न,' रिद्धिले भनेकी छिन्, 'त्यो दिन म कहिल्यै बिर्सन सक्दिनँ।’
जवानमा रिद्धि मुख्य भूमिकामा देखिँदैछिन्। शाहरुखसँग काम गर्दा निकै रमाइलो महसुस गरेको उनले बताएकी छिन्।
उनले भनेकी छिन्, ‘मैले शाहरुखसँग सुटिङ गर्नुअघि र उनीसँग सुटिङ गरेपछि पनि जीवन बिताएँ। उहाँ एक नम्र र विनम्र अभिनेता हुनुहुन्छ। उहाँसँग काम गर्ने वातावरण निकै सहज भएको छ।'
शाहरुख दिल्लीबाट आबएकाले आफूलाई उनीसँग कुरा गर्न पनि सहज महसुस भएको उनले बताएकी छन्। उनले भनेकी छन्, 'शाहरुखको हास्यको सेन्स अफ ह्युमर 'दिल्ली वाला सेन्स अफ ह्युमर' हो। म उहाँलाई धेरै माया र सम्मान गर्छु।’
३ वर्षपछि वेब सिरिज ‘असुर २’को पर्दामा फर्किने तयारीमा रहेकी रिद्धि भन्छिन्, ‘यो सिजनको कथा अघिल्लो सिजनको तुलनामा निकै भब्य छ। यसपटक धेरै कुरा हुने गरेको देखिन्छ। २०२० मा लकडाउन हुँदा पनि हामीले कसैको बौद्धिकताको मजाक गरेका छैनौँ। हामी दर्शकको स्मार्टनेसको कदर गर्छौँ।’
Shares
प्रतिक्रिया