दर्शकको स्वाद पर्खिरहेका पुष्प
म्युजिक भिडिओका लोकप्रिय मोडल पुष्प खड्का फिल्ममा जम्न सकेनन्। उनी अभिनित ३ वटा फिल्म लगातार असफल भए।
फिल्ममा पनि म्यूजिक भिडिओमा जत्तिकै जम्ने सपना बोकर उद्योगमा छिरेका पुष्पका हातमा अहिले कुनै पनि फिल्म छैनन्।
पुष्पले आफू खाली बस्नुलाई दर्शकको स्वादको सिनेमा पर्खिरहेको बताएका छन्। भन्छन्, ‘दर्शकको फिल्म हेर्ने स्वाद फेरिएको छ। हामीले पनि त्यहीअनुसार आफूलाई परिवर्तन गर्नुपर्छ। म त्यही दर्शकको स्वादको सिनेमाको कथा पर्खिरहेको छु।’
पुष्पले मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘चोर सिपाही’मा काम गर्ने छन्। यसबाहेक पनि अन्य केह फिल्ममा कुरा भइरहेकाले केहीमा जोडिन सक्ने उनले बताएका छन्। तर लगातार फिल्म असफल भएपछि पुष्पलाई ३ फिल्म असफल भएपछि नयाँ फिल्मबाट अफर नै नआएको चर्चा भइरहेको छ।
तर उक्त चर्चा सत्य नभएको दाबी उनी गर्छन्। भन्छन्, ‘फिल्मको अफर नै नआएको भन्ने सत्य होइन, समय मात्रै लगाएको हुँ।’
पुष्पको म्युजिक भिडिओको क्रेज भने उस्तै छ। उनी अहिले पनि म्युजिक भिडिओका व्यस्त मोडल हुन्। पुष्पले अभिनय गरेका ‘कृष्णलीला, तिम्रो मेरो साथ' र 'मनसँग मन’ एकै वर्ष बक्स अफिसमा चिप्लिए।
Shares
प्रतिक्रिया