नीता ढुंगाना आफूलाई नायिकाका रुपमा स्थापित गर्न सफल भए पनि नम्बर वान बन्न भने सकिनन्। अहिलेसम्म उनका हिट भनेर सम्झिने फिल्म पनि खासै छैनन्। तर उनले फिल्म उद्योगमा भने निरन्तरता दिइरहेकी छन्।
अभिनयपछि नीताले फिल्म निर्माणमा हात हालिन्। उनले निर्माण गरेको फिल्म ‘ह्रस्वदीर्घ’को पहिलो सेड्युल छायांकन सकिएको छ। नेपाल र भारतका कलाकारको जम्बो टोली लिएर फिल्म निर्माण गरिरहेकी नीताले यहीबीच एक म्युजिक भिडिओ निर्देशन गरेकी छन्।
हुन त नीताले यसअघि पनि एउटा भजन निर्देशन गरेकी थिइन्। पछिल्लोपटक नीताले ‘प्रतीक्षा’बोलको गीतको म्युजिक भिडिओ निर्देशन गरेकी हुन्। उनले यो गीतको म्युजिक भिडिओमा अभिनेत्री गौरी मल्ललाई खेलाएकी छन्। कर्ण दासले गाएको गीतमा पर्खाइको पीडा देखाइएको छ।
भिडिओमा गौरीलाई विभिन्न रुपमा देखाइएको छ। सञ्जय लामाले छायांकन गरेको भिडिओ सम्पादन मिला श्रेष्ठले गरेकी हुन्।
सचिता कर्माचार्यको शब्द रहेको गीतमा कर्ण दासकै संगीत छ।
भिडिओ-
Shares
प्रतिक्रिया