लिम्बु संस्कृतिमा आधारित निर्माण भएको फिल्म ‘लुङा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। भूमिसा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म ज्योतिराज राईले निर्माण गरेका हुन्।
साउन ५ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई किरण राईले निर्देशन गरेका हुन्।
सार्वजनिक भएको फिल्मको पोस्टरमा बुद्धि तामाङ, भुवनसिंह राई र सारा लोहोरुङ राई पोस्टरमा समेटिएको छ। फिल्म निर्माणमा सञ्जीव राई, प्रयास घिमिरे, शान्ता पौडेल, मनीषा पाठक, मेनुका घिमिरेले निर्मातासँग सहकार्य गरेका छन्।
पूर्वमा छायांकन गरिएको चलचित्रमा बुद्धि तामाङ, भुवनसिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्मी, सुदीपजंग कार्की, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायत कलाकारले अभिनय गरेका छन्।
चलचित्रमा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेशपायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मीना कार्कीको शृंगार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभूमि संगीत शैलेन्द्र बाबु प्रधानको छ।
चलचित्रको निर्माण नियन्त्रक प्रयास घिमिरे, कला निर्देशन विमल लिम्बू र निशान लुइँटेलको छ। भुवन सिंह राईले लेखेको कथालाई भुवनसिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा तथा संवाद लेखेका छन्।
Shares
प्रतिक्रिया