नेपाली फिल्म ‘परस्त्री’को ट्रेलर रिलिज भएको छ।
सुरज पाण्डेको डेब्यू निर्देशन रहेको फुल्मले अनैतिक सम्बन्धले निम्त्याउने घटनाक्रमलाई उठाएको छ।
सार्वजनिक ट्रेलर निक्कै नै बोल्ड रहेको छ। फिल्मकी मुख्य अभिनेत्री शिल्पा मास्केले खुलेर नै अन्तरंग दृश्य दिएकी छन्।
फिल्ममा शिल्पाका साथमा कोशिस क्षेत्री, गौरव विष्ट, गीत विष्ट, अलिशा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी तथा अर्पित न्यौपानेको अभिनय रहेको छ।
फिल्मको कथ ‘चपली हाईट’, ‘पशुपति प्रसाद’ तथा ‘आमा’ निर्देशक दीपेन्द्र के खनालले लेखेका हुन्।
शर्मिला पाण्डेको निर्माण रहेको फिल्म यही असार १५ गते रिलिज हुँदैछ। फिल्म हिन्दी भाषामा समेत रिलिज हुनेछ।
63
Shares
प्रतिक्रिया