विशाल निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीत भिडिओसहित सार्वजनिक भएको छ। गीतमा विशाल निरौलाको शब्द, संगीत, मिक्सिङ र मास्टरिङ छ।
आर्ट मुभिजको प्रस्तुति रहेको भिडिओमा शिव आर ठकुरी र सिजल कडरिया फिचर्ड छन्। भिडिओमा दुवैलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ।
आर्टम मुभिजले चाँडै फिल्म पनि निर्माण गर्दै छ। अस्ट्रेलियामा फिल्म निर्माणको अध्ययन गरिरहेका शिवले बिदामा स्वदेश आएको मौका पारी भिडिओमा अभिनय गरेका हुन्।
रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडिओमा मानकृष्ण महर्जनको डीओपी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, सुदीप ढकालको प्रोडक्सन छ।
भिडिओ सुधिर श्रेष्ठको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडिओ-
36
Shares
प्रतिक्रिया