ad ad

कला


जो क्यामेरा पर्सन हुँदै निर्देशक बने

जो क्यामेरा पर्सन हुँदै निर्देशक बने

नेपालखबर
असार २, २०८० शनिबार १९:३३, काठमाडौँ

दिनेश श्रेष्ठ नेपाली सिनेमाका चिरपरिचित निर्देशक हुन्। दुई दशकदेखि मिडियादेखि सिने क्षेत्रसम्म सक्रिय निर्देशक श्रेष्ठले हालसम्म ३ वटा फिचर फिल्म निर्देशन गरेका छन्।

छायांकारका रुपमा सिने क्षेत्रमा प्रवेश गरेका निर्देशक श्रेष्ठले ५ वटा सिनेमामा छायांकारका रुपमा काम गरिसकेका छन्। त्यो भन्दा अगाडि नै विभिन्न टेलिभिजनमा उनी क्यामेरा पर्सनका रुपमा कार्यरत थिए। २००५ सालमै सिनेमा क्षेत्रमा छायांकार भई काम सुरु गरेका श्रेष्ठले त्यसपछि कामचोर, शकुन्तला र चिँ मुसी चिँ चलचित्र निर्देशन गरेका हुन्। 

हरेक चलचित्रमा केही फरक गर्ने सोच राख्ने निर्देशक श्रेष्ठले जब शकुन्तला चलचित्रमा महानायक राजेश हमाललाई महिलाको भूमिकामा प्रस्तुत गरे, त्यसपछि निर्देशनको हिसाबमा चर्चाको शिखरमा पुगे। राजेश हमालले महिला क्यारेक्टरका रुपमा काम गरेको त्यही नै पहिलो फिल्म हो। 

शकुन्तलापछि सस्पेन्स थ्रिलर जनरामा फिल्म चिँ मुसी चिँ निर्देशन गरेका निर्देशक श्रेष्ठले उक्त फिल्मबाट राम्रो प्रतिक्रिया पाएका थिए। 

क्यामेरा पर्सन हुँदै निर्देशक बनेका श्रेष्ठ बहुप्रतिभाशाली व्यक्ति हुन्। उनी छायांकार त हुन् नै, साथसाथै उत्कृष्ट स्क्रिप्ट राइटरसमेत हुन्। आफ्नै कथामा निर्माण हुन लागेका तीनवटा सिनेमा अहिले उनको पाइपलाइनमा छन्। 

चाँडै नै निर्देशक श्रेष्ठ मल्टिस्टारर लभ स्टोरी फिल्म लिएर आउने तयारीमा जुटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .