अभिनेत्री पूजा शर्मा नयाँ फिल्ममा 'एक्सन' अवतारमा देखिने भएकी छिन्। 'लभ गर्ल'का रूपमा आफ्नो पहिचान बनाएकी पूजाले दशौँ फिल्ममा आफ्नो अवतार परिवर्तन गर्ने भएकी हुन्।
छायांकनमा निस्कने तयारीमा रहेको फिल्म ‘दान्भी’मा पूजाको एक्सन देख्न पाइने छ। फिल्म छायांकनमा जानुअगावै सार्वजनिक गरिएको पोस्टरमा पूजालाई एक्सन लेडीका रूपमा प्रस्तुत गरिएको छ।
यो फिल्ममा पूजालाई नायकका रुपमा कुन्साङ बोमजमले साथ दिने छन्। कुन्साङ यही फिल्मबाट उद्योगमा डेब्यू गर्ने तयारीमा छन्। रुपेश तामाङले निर्देशन गर्ने यो फिल्मलाई लिएर पूजा उत्साहित देखिएकी छिन्। पूजाले फिल्ममा पाएको पात्रप्रति न्याय गर्नका लागि मेहनत गरिरहेको बताएकी छिन्।
भन्छिन्, ‘दर्शकमा मलाई लिएर लभ स्टोरी फिल्मको छाप छ। दान्भीबाट यो छाप मेटिनछ। म नयाँ अवतारमा देखिँदैछु।’
फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ। अनुप गडालले निर्माण गर्ने फिल्मका कार्यकारी निर्माता पवन रानामगर हुन्।
Shares
प्रतिक्रिया