पुराना अभिनेता सरोज खनाल चलचित्र निर्देशकका रूपमा दर्शकमाझ आउँदैछन्। उनको डेब्यू निर्देशन रहेको चलचित्र ‘बगान’ यही असार २९ गतेबाट प्रदर्शनमा आउने भएको छ।
निर्माण टिमले ‘बगान’को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। यही मितिमा अर्को चलचित्र ‘बद्री बहादुर’पनि रिलिज हुँदैछ।
सुरेश वाग्ले प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता विनोद मानन्धर हुन्। फिल्ममा सरोज खनालका साथमा करिश्मा मानन्धर, प्रमिल कार्की, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल लगायतका कलाकारले अभिनय गरेका छन्। अभिनेता आकाश श्रेष्ठ अतिथि भूमिकामा देखिनेछन्।
गौरीशंकर धुजुको डीओपी, नारायण जिसी/उत्सव दाहालको छायांकन रहेको फिल्ममा अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ।
3
Shares
प्रतिक्रिया