ad ad

कला


आदिपुरुष निर्माण कम्पनीले पठायो पत्र, चित्त नबुझेपछि बालेनले दिएनन् जवाफ

आदिपुरुष निर्माण कम्पनीले पठायो पत्र, चित्त नबुझेपछि बालेनले दिएनन् जवाफ

नेपालखबर
असार ४, २०८० सोमबार १०:१६, काठमाडौँ

दक्षिण भारतीय फिल्म आदिपुरुष निर्माण कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पत्र लेखेको छ। 'सीता भारतकी छोरी' भन्ने संवाद राखेर गल्ती नगरेको दाबी पत्रमा गरिएको छ।

आइतबार चलचित्र विकास बोर्ड र मेयर बालेनलाई मेलमार्फत पत्र पठाउँदै निर्माण कम्पनी सुपर क्यासेट्सकी राधिका दासले फिल्मको संवादले नेपाली संवेदनामा पुगेको चोटप्रति माफी माग्दै संवादले सीताको जन्मस्थलबारे प्रतिनिधित्व नगर्ने दाबी गरिएको छ।

पत्रमा 'जानकी भारतकी छोरी' भन्ने संवाद सीताको जन्मस्थलबारे नभई आम महिला विशेषसँग जोडेर लेखिएको प्रष्टीकरण दिइएको छ।

'हामी नेपाली नागरिकको संवेदनामा परेको चोटप्रति माफी माग्छौँ,' पत्रमा भनिएको छ, 'राघवको चरित्र निर्वाह गरेका प्रभासले बोलेको संवाद 'आज मेरे लिए मत लड्ना, उस दिन के लिए लड्ना जब भारत के किसी बेटीपर हाथ डालने से पहले दुराचारी तुम्हारा पौरुष याद करके थर्र उठेगा’ले सीताको माताको जन्मस्थानको प्रतिनिधित्व गर्दैन,’ पत्रमा लेखिएको छ ।

मेयर बालेनले भने उक्त मेलको जवाफ दिएका छैनन्। महानगर स्रोतका अनुसार चित्तबुझ्दो स्पष्टीकरण नआएको भन्दै उनले हालसम्म पत्रको जवाफ नदिएका हुन्।

काठमाडौं महानगरका मेयर बालेनले उक्त संवाद नेपालमा मात्रै नभई भारतमा पनि नसच्चाइए महानगरभित्र प्रदर्शनमा रोक लगाउने तीन दिने अल्टिमेटमा दिएका थिए। संवाद नसच्चाइएपछि सोमबारदेखि काठमाडौंमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाइएको छ।

यसैगरी आइतबार पोखरा महानगरका मेयर धनराज आचार्यले पनि महानगरका सबै हलमा पत्र पठाउँदै संवाद नसच्चिएसम्म सबै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउन निर्देशन दिएका छन्।

विवादका बीच आदिपुरुषका संवाद लेखक मनोज मुंतशिरले शनिबार एक अन्तर्वार्तामा यसै साता फिल्मका ४-५ वटा विवादित संवाद परिमार्जन गर्ने बताएका छन्। यद्यपि, फिल्मका धेरै संवाद विवादित बनेकाले सीताको जन्मथलोसँग जोडिएको संवाद त्यसभित्र पर्छ/पर्दैन भन्ने भने उनले खुलाएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .