ad ad

कला


बिक्री भयो गुलाबीको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार

बिक्री भयो गुलाबीको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार

नेपालखबर
असार ६, २०८० बुधबार १४:१२, काठमाडौँ

नेपाली फिल्म ‘गुलाबी’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार अमेरिकी कम्पनी भिजिअन इन्टरटेनमेन्टले खरिद गरेको छ। यो कम्पनीले सन् २०२४ मा फिल्मको विश्वव्यापी विरण गर्ने छ। 

नेपालको फिल्म निर्माता कम्पनी ‘द स्काइ ओसन इन्टरटेनमेन्ट’सँग उक्त अमेरिकी कम्पनीले निर्माण र वितरणमा सहकार्य गर्न लागेको हो। अब यो ज्वाइन्ट भेन्चरमा नेपालको उक्त कम्पनी र भिजिअनले संयुक्त रुपमा काम गर्ने फिल्म निर्देशक समुन्द्र भट्टको भनाई छ।

सम्झौता अनुसार भिजिअनले फिल्मको पोस्ट प्रोडक्सनको जिम्मा लिनेछ भने विश्वभर वितरण समेत गर्नेछ। यो खबर पछि उत्साहित भएकी निर्देशक भट्ट भन्छिन्, ‘यो खबरलाई लिएर हामी उत्साहित छौं। विश्वभरका दर्शकमाझ फिल्मलाई र्पुयाउने हाम्रो योजनामा भिजिअनले साथ दिने भएको छ।’

ट्रान्सजेन्डर पात्रको कथावस्तुमा निर्माण भएको यो फिल्मको शिर्ष भूमिकामा नाजिर हुसेनले अभिनय गर्ने छन्।

यसमा उनले गुलाबी नामक पात्रको भूमिका निर्वाह गर्ने छन्। नाजिरका अलवा सञ्चिता लुइँटेल, सुशील सिटौला र विशाल पहारीले पनि फिल्ममा शिर्ष भूमिका निर्वाह गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .