राजु गिरीको निर्देशनमा नेपाली सिनेमा ‘मेयर साहेब’ निर्माण हुने भएको छ। शुक्रबार निर्देशक गिरीले सिनेमाको टाइटल पोस्टर सार्वजनिक गर्दै सिनेमा बनाउने घोषणा गरेका हुन्।
आगामी भाद्र महिनाबाट फ्लोरमा जाने सिनेमाका लागि अहिले कलाकार छनोट भइरहेको छ। चाँडै सिनेमाको कास्ट एन्ड क्रिउको जानकारी दिने तयारी निर्माण टिमले गरेको छ। राजनितिक विषयमा बनाइने सिनेमाको हाल प्रि-प्रोडक्सन र कथा लेखन जारी छ।
विनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने सिनेमामा विनिता गुरुङ र मौसमी महर्जनको लगानी रहनेछ। सिनेमामा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ। नारायण खाती सिनेमाका सह-निर्माता हुन्।
निर्माता खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको सिनेमा ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ। यो सिनेमा आगामी भाद्र १ गते नेपालभरका सिनेमा घरमा रिलिज हुँदै छ।
Shares
प्रतिक्रिया