ad ad

ग्लोबल


अमेरिकामा मानव अधिकारकर्मीले गरे मोदी विरोधी प्रदर्शन

अमेरिकामा मानव अधिकारकर्मीले गरे मोदी विरोधी प्रदर्शन

नेपालखबर
असार ९, २०८० शनिबार १०:४, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा जाँदा उनीविरोधी प्रदर्शन भएका छन्।

मोदी आफ्नो शासनकालको ९ वर्षमा पहिलो औपचारिक भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न जानुअघिदेखि उक्त प्रदर्शन भएका हुन्।  २० जुनमा अमेरिका पुगेका मोदीलाई एकातर्फ अमेरिकी अधिकारी र भारतीय समूहहरूले भव्य स्वागत गरेका थिए। अर्कोतर्फ अधिकारकर्मीहरूले भारतमा बिग्रँदै गएको मानवअधिकारको रेकर्ड प्रस्तुत गर्दै विरोध गरेका थिए।

दुई मानव अधिकार समूहहरू 'एम्नेस्टी इन्टरनेशनल' र ह्युमन राइट्स वाचले मोदीविरोधी प्रदर्शन गरेका हुन्। उनीहरूले वासिङ्टनमा बीबीसीको विवादित वित्तचित्र 'इन्डिया द मोदी' स्क्रिनिङ पनि गरेका थिए। मोदीलाई उक्त वित्तचित्र भारतको सञ्चार माध्यमले प्रतिबन्ध लगाएको थियो। उक्त वित्तचित्रसँग सम्बन्धित सबै कन्टेन्ट भारतमा युट्युबबाट हटाइएको थियो भने ट्विट पनि ब्लक गरिएको थियो।

मोदीविरोधी प्रदर्शनमा सहभागीहरूले 'मोदी पूर्वको उदाउँदो हिटलर', 'हेलो जोए, विद्यार्थी नेता अमर खालिद १ हजार दिनयता किन जेलमा छन् मोदीलाई सोध', 'क्राइम मिनिस्टर अफ इन्डिया', 'मोदी इज नट वेलकम' जस्ता प्लेकार्ड बोकेका थिए। उनीहरूले भारतमा लोकतन्त्र खतरामा छ भन्ने नारा लगाएका थिए।

ट्विटरमा उक्त प्रदर्शनसँग सम्बन्धित क्लिप र फोटो राखेर 'मोदी इज नट वेलकम' र 'क्राइम मिनिस्टर अफ इन्डिया' ह्वासट्यागसहित मोदीको विरोध भइरहेको छ।

एक स्वतन्त्र पत्रकार एवं मानव अधिकारकर्मी पिटर फ्रेडरिकले 'पूर्वमा उदाउँदो हिटलरू' र जो बाइडेनलाई 'मोदीको फासीवादलाई सक्षम बनाउन बन्द गर्न' आग्रहसहितका तस्बिर श्यर गरेका छन्।

उनले वासिङ्टनमा मोदीविरोधी प्रदर्शनको घोषणा गरेका थिए।

भारतीय प्रधानमन्त्री मोदीलाई अमेरिकामा राष्ट्रपति जो बाइडेन प्रशासनले भव्य स्वागत गरेको थियो। बाइडेन दम्पत्तिले मोदीको सम्मानमा राजकीय भोज आयोजना गरे। जसमा करिब ४ सय अतिथि उपस्थित थिए।

बाइडेन-मोदी भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई भारतको लोकतन्त्रबारे प्रश्न सोधिएको थियो।

धार्मिक अल्पसंख्यकमाथि उनको सरकारले दमन गरेको विषयमा प्रश्न सोधिएपछि मोदीले लोकतन्त्र भारतको डीएनएमा भएको बताएका थिए।

यसअघि सन् २०१८ मा बेलायत भ्रमणमा जाँदा पनि मोदी विरोधी प्रदर्शन भएको थियो। त्यहाँ 'भारतीय आतंकवादी', 'बलात्कारीको संरक्षक', 'गो ब्याक मोदी'सहितका नारा लगाइएका थिए।

सन् २०१८ मा बेलायतस्थित लण्डनमा भएको मोदीविरोधी प्रदर्शन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .