पत्नी बितेपछि वा सम्बन्ध विच्छेद भएपछि पुरुषले पुनः विवाह गर्दा सामान्य ठान्ने नेपाली समाज, त्यही कारण महिलाले अर्काे बिहे गर्दाचाहिँ नाक खुम्च्याउँछ। अर्थात् उसलाई पचाउन गाह्रो पर्छ। यस्तो संकुचित मानसिकताका बीच पूर्वबैंकर रविना देशराज जोशीले विधिवत् रूपमा पुनः विवाह गरेपछि यतिबेला नेपाली समाज तरंगित छ।
अझ रोचक कुरा त के छ भने आफ्नी आमाको बिहेमा छोरा, बुहारीसमेत खुसीले सहभागी भइरहेका थिए। अभिनेतासमेत रहेका आयुषमान देशराज श्रेष्ठ जोशी र आशिरमान देशराज श्रेष्ठ जोशी गत बिहीबार विवाहका लागि आमालाई सजाउँदै थिए। अनि रविनालाई विवाहको मण्डपमा लगे। जहाँ बेहुला थिए– बेलायती नागरिक स्टुआर्ट अलेक्जेन्डर च्यापम्यान।
स्टुआर्टले उनीहरूकै अगाडि रविनाको सिउँदोमा सिन्दुर हाले। अझ सिन्दुर हाल्ने बेला रविनाका छोराहरू आयुषमान र आशिरमान तथा अभिनेत्रीसमेत रहेकी बुहारी प्रियंका कार्कीले सघाए।
उक्त विवाहमा स्टुआर्टकी छोरी पनि सहभागी भएकी थिइन्।
नेपाली समाजका लागि उदाहरणीय त्यो विवाह ढिलै भए पनि हेरौँ यी तस्बिरमा-
तस्बिरहरू : प्रियंका कार्कीको फेसबुकबाट (अल्फा पिक्चर्स नेपाल)
Shares
प्रतिक्रिया