भारतको तमिलनाडुस्थित उटीमा सम्पन्न त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा सलोन बस्नेतले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन्।
जुन २६ मा सम्पन्न अवार्ड समारोहमा सलोन छोटो सिनेमा विद्यातर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन्। उनले 'इम प्योर' चलचित्रका लागि उक्त अवार्ड प्राप्त गरेका हुन्।
अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको उक्ता सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन्। सिनेमामा सलोनका अलावा मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ।
बाल कलाकारको रुपमा परिचित सलोनले होस्टेलबाट नेपाली सिनेमामा डेब्यु गरेका हुन्। 'हामी तीन भाइ'मा 'हरि'को भूमिकाबाट उनी चर्चामा आएका थिए।
अभिनेता सलोन बस्नेतको मुख्य भुमिका रहेको सिनेमा जय हो आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउँदैछ।
72
Shares
प्रतिक्रिया