ad ad

कला


‘धूमम’को नेपाल प्रदर्शन पक्का (भिडिओ)

‘धूमम’को नेपाल प्रदर्शन पक्का (भिडिओ)

नेपालखबर
साउन १०, २०८० बुधबार १३:४९, काठमाडौँ

दक्षिण भारतीय सिनेमा ‘धूमम’को नेपाल प्रदर्शन निश्चित भएको छ। सिनेमाको नेपाल प्रदर्शन अधिकार सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्‌ले किनेको हो। फहाद फासिलको मुख्य भूमिका रहेको सिनेमा आगामी शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन हुनेछ।

भारतमा गत जुन २३ मा मल्यालम र कन्नडा भाषामा मात्रै रिलिज भएको सिनेमाले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ। बक्कअफिसमा भने सिनेमा औसत मात्रै चलेको थियो। भारतमा सिनेमाको मल्यालम र कन्नडा बाहेक तमिल, तेलुगु र हिन्दी डब भने सिधै ओटीटी प्लेटर्फममा मात्रै रिलिज हुनेछ। 

पवन कुमारको निर्देशनमा निर्माण भएको ‘धूमम’लाई दक्षिण भारतको चर्चित सिनेमा निर्माण कम्पनी होम्बले फिल्मस्‌ले निर्माण गरेको हो। यो ब्यानरले यसअघि केजीएफ र केजीएफ २ जस्ता सफल सिनेमा निर्माण गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .