पूर्वमिस नेपाल माल्भिका सुब्बाले श्रीमान् रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरिसकेको तथ्य सार्वजनिक भएको छ।
सञ्चारकर्मीसमेत रहेकी सुब्बाले अभिनेत्री प्रियंका कार्कीको ‘द फोर्थ ट्राइमेस्टर’ पडकास्टमा कुरा गर्दै आफूले दुई वर्षअघि नै पति श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेको खुलासा गरेकी हुन्।
छोरा २ वर्षको हुँदा नै घर छाडेको उनले बताएकी छन्।
‘एकअर्कासँग बोल्न पनि सक्दैन थियौँ। हामी जहिल्यै झगडा गर्थ्यौं’, सुब्बाले भनेकी छन्, ‘छोरा २ वर्षको हुँदा मैले घर छाडेँ। मलाई धेरै गाह्रो भइसकेपछि म एक्लैले त्यो निर्णय लिएँ।’
तीन वर्षको प्रेमपछि उनले रियाज श्रेष्ठसँग २०६९ सालमा विवाह गरेकी थिइन्। केही समयसम्म दाम्पत्य जीवन ठीकठाक चले तापनि आफू गर्भवती भएदेखि सम्बन्धमा दरार सुरु भएको माल्भिकाको भनाइ छ।
घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको उनको भनाइ छ। यस्तै सम्बन्ध विच्छेद गर्दा आफूले पूर्वपतिसँग केही नलिएको उनको दाबी छ।
‘मलाई केही चाहिँदैन, बच्चाको लागि मात्र हेरिदेऊ भनेँ’, सुब्बाले भनेकी छन्।
सम्बन्ध विच्छेद गरे पनि छोरालाई उसको बुबा र परिवारबाट टाढा नगराउने सोच रहेको माल्भिकाले बताएकी छन्।
Shares
प्रतिक्रिया