ad ad

कला


पूर्व श्रीमती एनिन्स्टनलाई टिभीमा हेरेर खुशी भए ब्य्राड पिट (भिडियो)

पूर्व श्रीमती एनिन्स्टनलाई टिभीमा हेरेर खुशी भए ब्य्राड पिट (भिडियो)

नेपालखबर
माघ ६, २०७६ सोमबार ७:३६,

एसएजीमा ‘वान्स अपन अ टाइम इन हलिउड’ चलचित्रमा गरेको अभिनयबाट चर्चित अभिनेता ब्य्राड पिटले ‘बेस्ट सपोर्टीङ एक्टर’ को अवार्ड पाए।

सोही अवार्ड कार्यक्रममा उनकी पूर्व श्रीमती जेनिफर एनिन्स्टनले पनि अवार्ड प्राप्त गरिन्।

‘द मर्निङ सो’ टेलिभिजन सेरिजमा गरेको अभिनयबाट उनले उत्कृष्ट महिला कलाकारको अवार्ड पाउँदा ब्य्राड पिटले एनिन्स्टनलाई टिभीमा हेरिरहेका थिए।

एकै कार्यक्रममा सहभागी भए पनि ब्य्राडले भने एनिन्स्टनलाई टिभीमा हेरेका थिए। यद्यपी पूर्व श्रीमतीले अवार्ड पाउँदा ब्य्राड निकै खुशी देखिएका थिए।

यस क्षणको भिडियो समेत सार्वजनिक भएको छ। जेनिफर र ब्य्राड पिटको विवाह सन् २००० मा भएको थियो। यद्यपी २००५ मा दुवैबीच सम्बन्ध विच्छेद भयो।

त्यसपछि सन् २०१४ मा ब्य्राडले एन्जेलिना जोलिसँग विवाह गरेका थिए। जेनिफरले जस्टिन थेरक्ससँग सन् २०१५ मा विवाह गरिन्।

तर ब्य्राडको जोलीसँग र जेनिफरको थेरक्ससँगको सम्बन्ध धेरै समय टिक्न सकेन। दुई वर्षयता दुवै एक्ला छन्।

हाल ब्य्राड र एनिन्स्टन निकै नजिक देखिन थालेका छन्। उनीहरु फेरि एक हुँदैछन् भन्ने अनुमान पनि गर्न थालिएको छ। एजेन्सी

Related image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .