ad ad

राजनीति


उपसभामुखले सम्बोधन गर्छु भनेपछि संसद बैठक दुईपटक बस्ने

उपसभामुखले सम्बोधन गर्छु भनेपछि संसद बैठक दुईपटक बस्ने

नेपालखबर
माघ ६, २०७६ सोमबार ७:३८,

उपसभामुख शिवमाया तुम्बाहाङ्फे संसदलाई सम्बोधन गर्ने चाहना राखेपछि संसद बैठक दुई पटक बस्ने भएको छ।

उपसभामुख तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुअघि संसदमा सम्बोधन गर्ने चाहना राखेकी हुन्।  सोमबार दिउँसो बस्ने  पहिलो बैठकलाई उपसभामुखले सम्बोधन गर्ने भएकी हुन्।

पहिलो बैठकलाई सम्बोधन गरेपछि उपसभामुखले राजीनामा दिने र आजै बस्ने दोस्रो बैठकमा राजीनामा पढेर सुनाउने कार्यतालिका रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।

‘उपसभामुखले राजीनामा दिनुअघि सभामुखको चेयरबाट सम्बोधन गर्ने इच्छा राखेपछि उहाँलाई त्यो व्यवस्था मिलाइएको छ’, नेपालखबरसँग कुरा गर्दै खाँडले भने, ‘त्यसपछि दिउँसो ३ बजे संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ४ बजे संसदको दोस्रो बैठक सञ्चालन गर्नुहुनेछ।’

पहिलो बैठक लगत्तै उपसभामुख तुम्बाहाङ्फेले पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्ने भएकी छन्।

संसद बैठक सुरु हुनुअघि उपसभाकमुखको कार्यकक्षमा तुम्बाहाङ्फेसहित नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्मुख सचेतक बालकृष्ण खाँड, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायतसहितको बैठकले सो कार्यसूची तय गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .