दिल्ली उच्च अदालतले अभिनेता अनिल कपुरका नाम, तस्बिर र आवाजलाई उनको अनुमतिबिना व्यावसायिक रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
दिल्ली उच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गर्दै सामाजिक सञ्जाल च्यानलहरू, ई-कमर्स वेबसाइटहरू र अन्यलाई बलिउड अभिनेता कपुरको प्रचार अधिकार उल्लङ्घन गर्न प्रतिबन्ध लगाएको हो।
कपुरले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर धेरै व्यक्ति र धेरै सोसल मिडिया च्यानलले उनको आवाज र तस्बिर प्रयोग गरेर आफ्नो छविलाई कलंकित गरिरहेको आरोप लगाएका थिए।
बुधबार अनिल कपुरका तर्फबाट अधिवक्ता प्रवीण आनन्द अदालतमा प्रस्तुत भएका थिए। उनले अदालतमा कपुरको तस्बिर र ‘झकास’ संवादलाई उनको सहमतिबिना प्रयोग नगर्न अदालतबाट आदेशका लागि अपिल गरेको बताए।
231
Shares
प्रतिक्रिया