ad ad

कला


के थियो श्रीदेवीको मृत्युको कारण? ५ वर्षपछि बताए पति बोनी कपुरले

के थियो श्रीदेवीको मृत्युको कारण? ५ वर्षपछि बताए पति बोनी कपुरले

नेपालखबर
असोज १८, २०८० बिहिबार ७:८, काठमाडौँ

भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु अहिले पनि धेरैका लागि रहस्य बनेको छ तर उनका पति तथा फिल्म निर्माता बोनी कपुरले हालैको एक अन्तर्वार्तामा यस्तै एउटा रहस्य खुलाएका छन्।

श्रीदेवीको मृत्युपछि दुबईका अधिकारीहरूले उनको मृत्यु ‘बाथटबमा डुबेर’ भएको बताएका थिए।

तर उनका श्रीमान् बोनी कपुरले हालै एक विशेष अन्तर्वार्तामा डाक्टरहरूको ध्यान ‘डुबेर’मा मात्रै भएको टिप्पणी गर्दै डाइटिङ र नुन नखानु पनि उनको मृत्युको कारण भएको बताएका हुन्। 

२४ फेब्रुअरी २०१८ मा दुबईको एक होटलमा श्रीदेवीको शंकास्पद अवस्थामा मृत्यु भएको थियो।

सुरुमा उनलाई हृदयाघात भएको बताइएको थियो। तर पछि उनको मृत्यु होटलको कोठाको बाथरुममा डुबेर भएको जानकारी आयो।

बलिउडमा बीसौं शताब्दीकी सबैभन्दा सफल अभिनेत्रीमध्येकी एक श्रीदेवीको ५४ वर्षको उमेरमा अचानक निधन हुँदा उनका फ्यान स्तब्ध भएका थिए।

समाचार वेबसाइट ‘द न्यु इन्डियन’का पत्रकार रोहन दुआसँगको कुराकानीमा फिल्म निर्माता बोनी कपुरले श्रीदेवीको मृत्यु ‘प्राकृतिक’ नभएर ‘आकस्मिक’ भएको र आफूले श्रीदेवीको हत्याको विचलित पार्ने आरोपको सामना गर्नुपरेको बताए। 

बोनी कपुरले भने, ‘यो प्राकृतिक मृत्यु थिएन, आकस्मिक मृत्यु थियो। मैले यसबारे कुरा नगर्ने निर्णय गरेको थिएँ किनभने मैले मृत्युपछि अनुसन्धानका क्रममा यस विषयमा झन्डै ४८ घण्टासम्म कुरा गरिसकेको छु। वास्तवमा अधिकारीहरूले  भारतीय सञ्चारमाध्यमको दबाबमा कारण आफूहरूले यस्तो गर्नुपरेको बताए, उनीहरूलाई थाहा भयो कि श्रीदेवीको हत्या भएको थिएन।’ 

बोनी कपुरका अनुसार उनमा झुट पत्ता लगाउने परीक्षणसमेत गरियो। 

उनले भने, ‘मैले झुट पत्ता लगाउनेसहित सबै प्रकारका परीक्षण पार गरेँ।  त्यसपछि आएको रिपोर्टले यो दुर्घटनावश भएको मृत्यु भएको स्पष्ट देखाएको छ।’

डाइटमा नुन नछाड्न सल्लाह दिँदै बोनी कपुरले यसका कारण होस गुमाउनसक्ने बताएका थिए। नभन्दै श्रीदेवीलाई त्यस्तै भएको उनको दाबी गर्दै उनले भनेका छन्- श्रीदेवी लडिन्, जसका कारण उनको अगाडिको एउटा दाँत भाँचियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .