ad ad

कला


भोटबिनै विजेता छानिने रियालिटी शो ‘द डान्स योद्धा’

भोटबिनै विजेता छानिने रियालिटी शो ‘द डान्स योद्धा’

नेपालखबर
असोज २६, २०८० शुक्रबार १२:३, काठमाडौँ

टेलिभिजन रियालिटी शो ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’को घोषणा गरिएको छ। 

तीन चरणमा विभाजन गरिएको शोको शुभम् भुजेलले निर्देशन गरिरहेका छन्। निर्देशक भुजेलका अनुसार अहिले शोको पहिलो चरणको काम डिजिटल अडिसन लिने काम भैरहेको छ। 

मंसिर पहिलो हप्तापछि यो रियालिटी शोको सेमीफाइनल राउण्डको सुरुवात हुनेछ। यही राउण्डबाट शो टेलिभिजनमा समेत प्रसारण हुनेछ।

अहिले विभिन्न टेलिभिजन च्यानलसँग कुरा भैरहेकाले कुन च्यानलबाट प्रसारण हुने पक्का भैसकेको छैन्। चाँडै टेलिभिजन च्यानल, डिजिटल पार्टनर र शोका विजेताले पाउँने पुरस्कार राशी घोषणा गरिने प्रोजेक्ट संयोजक मानव सिवाकोटीले बताए। यो रियालिटी शो नेपालमा बनिरहेका अन्य शोभन्दा भिन्न हुनेछ।

यो शोको उद्देश्य नेपालमा रहेका कच्चा र प्रयोग नभएका अर्थात् लुकेका प्रतिभालाई प्रोहत्सान गर्ने रहेको निर्देशक भुजेलले बताए। साथै, अन्य शोहरु भोटिङका कारण निकै विवादिन बनेकाले पनि आफुहरुले भोटिङ सिस्टम नै नराखेको बताए। 

विवाद रहित शो बनाउनुका साथै जित्नै प्रतिभाले जितोस भन्ने आफुहरुको उद्देश्य रहेको दाबी आयोजक संस्थाको छ।

यो रियालिटी शोको निर्णायक मण्डलमा कोरियोग्राफर गम्म्भिर बिष्ट, अभिनेत्री वर्षा राउत र वाइल्ड रिपर्ज क्रिउका सुरेन राई रहेका छन्। निर्णायक मण्डलका संयोजक बिष्टले पहिलो पटक नेपालमा केही फरक अनि भोटिङ सिस्टम बिना नै विजेता घोषणा गर्नुपर्ने भएकाले निकै चुनौती रहेको बताए।

अभिनेत्री राउतले आफु नृत्यका विषयमा धेरै कुरा सिक्दै र सिकाउँदै जाने भएकाले यो शोको निर्णायक बन्ने चुनौती स्विकार गरेको बताइन्। यस्तै, भारतीय टेलिभिजन रियालिटी शो डान्स प्लस सिजन २ का फस्र्टरनरअप समेत रहेकाले आफुले त्यहाँ सिकेका धेरै कुरा यो शोको निर्णायक हुँदा लागू गर्ने बताए।

निष्पक्षताको लागि यो शोका निर्णाकले दिने सम्पूर्ण अंक डिजिटल बोर्डमा सार्वजनिक समेत गर्नेछ। शोको मापदण्ड विपरित अत्याधिक र न्युन अंक दिने निर्णायकलाई लाइभ शोमै स्पष्टिकरण सोधिने आयोजक संस्थाले जनाएको छ। साथै प्रतिस्पर्धीलाई गीत छनोटमा अत्याधिक स्वतन्त्रता दिइने बताइएको छ।

डेढ महिना चल्ने रियालिटी शो अवधिभर प्रतिस्पर्धीलाई विभिन्न गिफ्ट ह्याम्पर अनि विजेतालाई आकर्षक पुरस्कार राशीका साथै करियर विकासका लागि विभिन्न अवसर समेत प्रधान गरिनेछ। यो शोमा डिजिटल अडिसन मार्फत एकल, डोयट तथा गु्रपमा समेत प्रस्तुती दिएर पठाउन सकिनेछ।

सिने इभेन्ट स्टुडियो प्रालीको व्यानरबाट निर्माण हुने रियालिटी शोको म्यानेजमेन्ट टिममा सौगात बराल, रिया श्रेष्ठ र सौगात दंगाल, डिजाइनरमा रिसभ पोखरेल, डिजिटल मार्केटिङ्गमा दर्शन कोइराला तथा प्रमोशन संयोजकमा प्रोजेक्ट हेड मानव सिवाकोटी आफै रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .