ad ad

कला


मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीलाई समावेश गरी दसैँ गीत सार्वजनिक (भिडिओ)

मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीलाई समावेश गरी दसैँ गीत सार्वजनिक (भिडिओ)

नेपालखबर
कात्तिक ५, २०८० आइतबार १५:३, काठमाडौँ

बडादसैँको अवसर पारेर मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीहरूलाई समावेश गरी दसैँ गीतको म्युजिक भिडिओ तयार पारी सार्वजनिक गरिएको छ।

सौन्दर्य प्रतियोगिताको क्षेत्रमै पहिलोपटक प्रतियोगीहरूलाई समावेश गरी म्युजिक भिडियो तयार पारिएको हो। मंगलम् बोलको भक्ति गीत दुर्गा माताको आरधनमा आधारित छ। भक्ति गीतको म्युजिक भिडिओमा मिसेस नेपाल वर्ल्ड २०२३ का सम्पूर्ण प्रतियोगीलाई अभिनय र नृत्य गराइएको छ। आठ मिनेट लामो दुर्गा आरधना आकर्षक प्रकाश संयोजनको आकर्षक सेटमा खिचिएको छ।

भक्ति गीत गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका छन् भने गीत रचना रमेश दाहाल, संगीत सिर्जना र संयोजन राजेन्द्र बजगाई, मिक्सिङ्ग र ध्वनि सम्पादन मनोज परियार तथा बाद्यवदन भुवन गन्धर्भ, सञ्जिव बराईली र हेमन्त कान्छा रसाईलीको रहेको छ।

सन्दीप भुजेलको कोरीयोग्रफी र निर्देशनमा तयार भएको भक्ति संगीतको म्युजिक भिडियोमा छायांकन ओम प्रसाइ, कन्सेप्ट र स्क्रिप्टिङ्ग अश्विनी झा र निशु झा तथा मेकअप सबिता चौधरीको रहेको छ।

गीत मिसेस नेपाल वर्ल्ड २०२३ को आयोजक संस्था रिबन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .