ad ad

कला


अनमोलप्रति पूजाको व्यंग्य : मलाई स्टार होइन, नयाँ हिरो फाप्छ

अनमोलप्रति पूजाको व्यंग्य : मलाई स्टार होइन, नयाँ हिरो फाप्छ

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १७:१०, काठमाडौँ

रेखा थापाले आफ्नो फिल्ममार्फत नयाँ नयाँ हिरोलाई कास्ट गराउँछिन्। उनको आगामी फिल्म ‘उपहार’ मा पनि नव अभिनेता सर्मपणजंग कार्कीले डेब्यू गर्दैछन्। उपहारको पहिलो गीत सार्वजनिक कार्यक्रममा बोल्दै रेखाले पनि आफूलाई नयाँ हिरो फाप्ने बताइन्।

अब बोल्ने पालो अभिनेत्री पूजा शर्माको। ‘उपहार’ मा पूजा सर्मपणको जोडीको रुपमा देखिएकी छिन्। पूजाले पनि आफूलाई नयाँ हिरोसँग फाप्ने बताउँदै स्टारसँग फिल्म खेल्न नलेखेको सुनाइन्।

‘रेखा दिदीले नयाँ हिरो फाप्छ भनेझैँ मलाई पनि नयाँ हिरो मात्रै फाप्छ। मलाई स्टारसँग त लेखेको पनि छैन। नयाँ हिरोसँग खेल्नु छ र नयाँ हिरोलाई ल्याउनुपर्छ। र, राम्रो हिरो नेपाली उद्योगमा चाहिन्छ पनि।’

उनको भनाई सुन्दा एकछिन हाँसोको माहोल बन्यो। किनकी उनको स्टारसँग फिल्म खेल्न नलेखेको कुरा मेघास्टार अनमोल केसीलक्षित थियो। खासमा केही महिनाअघि अनमोल र पूजाले एकसाथ स्क्रिन सेयर गर्ने पक्का भएको थियो। उनले अनमोललाई १० लाख पेश्की समेत दिएकी थिइन्। तर, पछि अनमोलले फिल्ममा काम नगर्ने भन्दै पैसा फिर्ता गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .