ad ad

कला


‘परदेशी २’ को टिमले भूकम्प प्रभावितलाई ५१ हजार सहयोग गर्ने

‘परदेशी २’ को टिमले भूकम्प प्रभावितलाई ५१ हजार सहयोग गर्ने

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १५:२०, काठमाडौँ

चौथो सातामा प्रदर्शन भइरहेको फिल्म ‘परदेशी २’ को टिमले भूकम्प प्रभावितलाई सहयोग गर्ने भएको छ। भूकम्प प्रभावितका लागि सहयोगस्वरुप ५१ हजार रुपैयाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेको निर्देशक नारायण रायमाझीले जानकारी दिए। 

‘गत शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति हामी अत्यन्त मर्माहत भएका छौं। यस दुखद परिस्थितिमा हरेक नेपालीले आ–आफ्नो स्थानबाट सहयोग गरिरहनुभएको छ। हामीले हाम्रो चलचित्र ‘परदेशी २’को तर्फबाट पनि भूकम्प प्रभावितका लागि सानो सहयोगस्वरुप ५१ हजार रुपैयाँ भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेका छौं,’ रायमाझीले भनेका छन्।

गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका ठूलो जनधनको क्षति भइसकेको छ। अहिले सरकारसहित कलाकारहरू पनि भूकम्पप्रभावितलाई सहयोग गर्न जुटेका छन्।

रायमाझीसहित राजेश वंशल निर्माता रहेको फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ लगायतको अभिनय छ। फिल्मको कथा रमेश बिजीले लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .