ad ad

राजनीति


सर्वदलीय बैठकमा टीआरसी विधेयकबारे कुरा भएन, नेपाल भन्छन् : अब ढिलो नगरौँ

सर्वदलीय बैठकमा टीआरसी विधेयकबारे कुरा भएन, नेपाल भन्छन् : अब ढिलो नगरौँ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १५:२२, काठमाडौँ

संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम पूरा गर्ने विधेयक (टीआरसी) अघि बढाउने विषयमा मंगलबार बसेको सर्वदलीय बैठकमा कुरा भएन।

बैठकमा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसबारे अर्को बैठकमा कुरा हुने सहमति भएको बताएका छन्।

‘टीआरसीबारे अर्को पटक छलफल गर्ने कुरा भएको छ। ढिला गर्नु हुँदैन भन्ने भएको छ’, उनले भने, ‘१२ बुँदे सहमति हामीले नै गरेका थियौँ। त्यसबारे बैठकमा छोटो विवेचना भएको छ। त्यसबेला द्वन्द्वलाई हल गर्न हामी सफल भएका थियौँ। संविधान निर्माण गर्यौँ, संघीयता आयो। यी सबै कुरा जनअनुमोदित भइसकेका छन्।’ 

उनले जनताको समर्थनमा अहिलेका सबै उपलब्धि आएका पनि बताएका छन्। ‘टीआरसीबारे पार्टीहरूको बीचमा एकता बनाएर अघि जानुपर्छ भन्ने भएको छ’, उनले भने, ‘जनताको जनजीविकाको समस्या हल गर्ने कुरामा सरकार र दलहरू गम्भीर हुनुपर्छ भनेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .