फिल्म ‘दिमाग खराब’ को ‘हजुरी’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतले दम्पतिबीचको मायाप्रेम र संघर्षको कथालाई समेटेको छ।
फिल्मको यस गीतमा जयन जे वाइवा र मीना निरौलाको स्वर सुन्न सकिन्छ। फिल्ममा वाइवाकै शब्द र संगीत रहेको छ। गीतको भिडिओमा दयाहाङ राई, खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का फिचर्ड छन्।
निश्चल बस्नेत निर्देशित फिल्मले राजनीतिम पृष्ठभूमिमा आम मानिसको कथा भन्छ। रौनक विक्रम कडेल निर्माता रहेको यो फिल्म शुक्रबार रिलिज हुँदैछ।
108
Shares
प्रतिक्रिया