ad ad

कला


अभिनय करियरको ७ वर्षमा रश्मिका बनिन् ४३ करोडकी मालिक

अभिनय करियरको ७ वर्षमा रश्मिका बनिन् ४३ करोडकी मालिक

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार ९:५६, काठमाडौँ

भारतीय अभिनेत्री रश्मिका मन्दाना अहिले डिपफेक भिडिओका कारण चर्चामा छिन्। सन् २०१६ बाट सुरु भएको उनको अभिनय करियर उकालो ग्राफमा छ। 

रश्मिकाले आफ्नो करियरमा हालसम्म २० वटा फिल्म गरिसकेकी छिन्। जसमा उनी अभिनित १३ फिल्महरु हिट छन्। तर, चार पाँच वटा फिल्मपछि मात्रै उनका धेरै फ्याहरु भए। हाल रश्मिकालाई इन्स्टाग्रामा मात्रै झण्डै ४० मिलियनले पछ्याएका छन्। कर्नाटकमा रश्मिकाको उपनाम ‘नेशनल क्रश’ हो। उनलाई एक्सप्रेशन क्वीन पनि भनिन्छ।

कर्नाटकको विराजपेटमा जन्मिएकी रश्मिकाले मनोविज्ञानमा स्नातकोत्तर गरिसकेकी छिन्। कलेजमा छँदा‘ुक्लिन एण्ड क्लियर फ्रेश फेस २०१४’ जितेकी उनी पछि मोडलिङतिर लागिन्। 

रश्मिकाले आफ्नो फिल्मी करियर भने कन्नड फिल्म ‘किरिक पार्टी’बाट सुरु गरिन्। चार करोडमा बनेको यो फिल्मले ५० करोडको कलेक्सन गरेको थियो । जुन २०१६ को सबैभन्दा धेरै कमाउने कन्नड फिल्म बन्यो।

त्यसपछि रश्मिकाले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। किरिक पार्टीपछि रश्मिका ‘अञ्जनीपुत्र’, ‘चमक’, ‘चलो’, ‘गीता गोविन्दम’, ‘यजमान’, ‘सरिलेरु निकेवरु’, ‘भीष्म’, ‘पोगारु’, ‘सुल्तान’, ‘सीता रामम’ र ‘वरिसु’ जस्ता हिट फिल्ममा देखिन्। २०२२ मा अल्लु अर्जुन स्टारर ‘पुष्पास् द राइज’ मा देखिएपछि रश्मिकाको चर्चा झनै बढ्यो। उनको श्रीवल्लीको भूमिकालाई दर्शकले निकै मन पराएका थिए। 

साउथ फिल्ममा काम गर्नुका साथै रश्मिकाले सन् २०२२ फिल्म ‘गुडबाय’ बाट बलिउडमा डेब्यु गरिन्। अमिताभ बच्चनसँग देखिएकी रश्मिका अभिनित यो फिल्म व्यवसायिक रुपमा भने सफल हुन सकेन। सिद्धार्थ मल्होत्रासँग फिल्म ‘मिशन मजनु’ देखिसकेकी छिट्टै रणवीर कपुरसँग फिल्म एमिमलमा देखिनेछिन्। जुन फिल्म डिसेम्बर १ बाट विश्वभर रिलिज हुँदैछ। 

रश्मिका साउथकी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेती हुन्। उनले एउटै फिल्ममा लागि करिब ३ करोडदेखि ४ करोड भारुसम्म लिने गर्छिन्। ६ पटक उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी रश्मिकाको कुल सम्पति ४३ करोड भारतीय रुपैयाँ रहेको छ। भारतीय मिडियाका अनुसार रश्मिकाको कर्नाटक, मुम्बई, हैदराबाद र गोवामा घरहरु छन्। साथै उनीसँग १ करोड रुपैयाँसम्मका ४ वटा गाडी समेत छन्। 

व्यक्तिगत लाइफको कुरा गर्दा रश्मिकाले रक्षित शेट्टीसँग इन्गेजमेन्ट गरेकी थिइन्। फिल्म ‘किरिक पार्टी’ को सुटिङका क्रममा उनीहरु दुवैको प्रेममा परेसँगै २०१७ मा इन्गेजमेन्ट गरे। तर, केही समयपछि उनीहरुको इन्गेजमेन्ट टुट्यो।

यसपछि उनले विजय देवरकोंडासँग प्रेमसम्बन्धमा रहेको बाहिरिएको थियो। दुवैले २०१८ मा ‘गीता गोविन्दम’ र २०१९ मा ‘डियर कमरेड’ जस्ता फिल्ममा सँगै काम गरेका थिए। सुटिङको जोडिएको उनीहरुको प्रेमसम्बन्ध ब्रेकअप भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .