बलिउडका चर्चित अभिनेता नाना पाटेकरको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले एक बालकलाई थप्पड हानेको देखिन्छ।
उक्त भिडिओ वाराणसीमा चलिरहेको फिल्म ‘जर्नी’ को सुटिङका क्रममा खिचिएको बताइएको छ।
हेर्नुहोस् थप्पड हानिएको भिडिओ–
What is this #Nanapatekar ji???#Prabhas never did like this in his entire career even after getting PAN Indian stardom with #Baahubali ....#Salaar pic.twitter.com/Mb6dIFkzzw— Tolly hub (@tolly_hub) November 15, 2023Stars won't exist without fans....Fans should also avoid taking selfies with these egoistic stars...
आफ्नो भिडिओ भाइरल भएपछि नाना पाटेकरले स्पष्टीकरण दिएका छन्।
नाना पाटेकरले ‘एक्स’ मा पोस्ट गरेको भिडिओमा भनेका छन्, ‘धेरै व्यक्तिले सामाजिक सञ्जालमा फैलिएको भिडिओको गलत व्याख्या गरिरहेका छन्। वास्तवमा के भयो त्यो मेरो आगामी फिल्म ‘जर्नी’ को सुटिङको रिहर्सलका क्रममा भएको गलत बुझाइको परिणाम हो।’
The video which is circulating on social media has been misinterpreted by many. What actually happened was a misunderstanding during the rehearsal of a shot from my upcoming film 'Journey'. pic.twitter.com/UwNClACGVG
— Nana Patekar (@nanagpatekar) November 15, 2023
उनले सुटिङका क्रममा बच्चालाई थप्पड हानेको नाटक गरेको बताएका छन्। तर संयोगवश रिहर्सलका क्रममा अर्को बच्चा त्यहाँ आउँदा फिल्मको बच्चा ठान्दै थप्पड हान्न पुगेको उनको दाबी छ।
Shares
प्रतिक्रिया