ad ad

कला


थलापति विजय स्टारर हिट फिल्म ‘लियो’ नेटफ्लिक्समा रिलिज हुँदै

थलापति विजय स्टारर हिट फिल्म ‘लियो’ नेटफ्लिक्समा रिलिज हुँदै

नेपालखबर
मंसिर ४, २०८० सोमबार १३:५१, काठमाडौँ

थलापति विजय स्टारर दक्षिण भारतीय फिल्म ‘लियो’ ले सिनेमा हलमा राम्रो व्यापार गर्न सफल भएको छ।

१९ अक्टोबरदेखि रिलिज भएको फिल्मले विश्वभर ६१५ करोड भारुको आँकडा पार गरिसकेको छ।

घरेलु बक्सअफिससहित विश्वभर राम्रो कमाइ गरेसँगै अब यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने भएको छ। २४ नोभेम्बरबाट भारतभर र नोभेम्बर २८ बाट तमिल, तेलुगु, मलायालम, कन्नड र हिन्दी भाषामा विश्वव्यापी रूपमा रिलिज हुनेछ।

यो चलचित्र छोटो अवधिमा विश्वभरि ५०० करोड भारुको आँकडा पार गर्ने तमिल फिल्म बनेको छ। साथै फिल्मले घरेलु बक्सअफिसमा पनि ४१७ करोड भारु कमाइसकेको छ।

एक्सन जनरामा बनेको फिल्ममा विजयसहित सञ्जय दत्त, सूर्या र तृषा कृषनको अभिनय छ। लियो सञ्जयका लागि तमिल डेब्यू फिल्म समेत हो।

लोकेश कनागराज निर्देशित यस फिल्मले समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। यो फिल्म तमिलसहित तेलुगु, कन्नड र हिन्दी भाषामा रिलिज भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .