ad ad

समाज


कतारबाट काठमाडौँ आएकी भारतीय महिला २ किलो कोकिनसहित विमानस्थलबाट पक्राउ

कतारबाट काठमाडौँ आएकी भारतीय महिला २ किलो कोकिनसहित विमानस्थलबाट पक्राउ

पक्राउ परेकी भारतीय महिला र बरामद कोकिन


नेपालखबर
मंसिर ४, २०८० सोमबार १४:४, काठमाडौँ

कतारबाट काठमाडाैँ आएकी भारतीय महिला २ किलो कोकिनसहित सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्।

केहीसमय अघि कतारबाट नेपाल आएर यहाँबाट भुटान जान लागेकी भारतीय महिलालाई लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो।

भारतकी ३२ वर्षीया किम्रो साङ्गी झोला बेल्टमा छाडेर भुटान जाने तयारीमा थिइन्।

उनी इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्।‍

लागुऔषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार काठमाडौँ ट्रान्जिट बनाएर भुटान उड्न लाग्दा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उनको साथबाट एक किलो ९७३ ग्राम लागुऔषध कोकिन बरामद भएको छ।

उनलाई अहिले लागुऔषध निण्न्त्रण ब्युरोले लगेर थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .