ad ad

कला


टिकटक स्टार आयुष–एलिजेको जोडी राहत बोकेर जाजरकोट जाँदै

टिकटक स्टार आयुष–एलिजेको जोडी राहत बोकेर जाजरकोट जाँदै

नेपालखबर
मंसिर ११, २०८० सोमबार २०:५०, काठमाडौँ

चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे)को जोडी भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाने भएको छ। 

दुबईमा इन्गेजमेन्ट (टिकाटालो) सकेर गत बिहीबार नेपाल आएका उनीहरू राहत सामग्रीसहितको प्याकेज बाकेर मंगलबार (भोलि) भूकम्प प्रभावित क्षेत्र पुग्न लागेका हुन्। 

आफन्तका अनुसार उनीहरूले भूकम्प प्रभावित क्षेत्रका प्रभावितलाई सहयोग गर्न लागेका हुन्। 

उनीहरूले जाजरकोटको कुसे गाउँपालिका–३ मा रहेका १ सय ६५ घरधुरीलाई राहत सामग्री वितरण गर्नेछन्।

‘जाजरकोट भूकम्कको केन्द्रबिन्दु रामीडाँडाका १ सय ६५ घरधुरीलाई करिब एक महिनाका लागि पुग्ने खाद्यान्नसहित उहाँहरू (एलिजे र आयुष) त्यसतर्फ जाँदै हुनुहुन्छ,’ एक आफन्तले नेपालखबरसँग भने, ‘सम्पूर्ण तयारी पूरा भइसकेको छ। मंगलबार दिउँसो त्यहाँ पुग्ने कार्यक्रम तय भएको छ।’

राहत प्याकेजमा उनीहरूले झण्डै २० लाख बराबरको रकम खर्च गरेका छन्। रामीडाँडाका १६५ घरधुरीमा वितरण गर्न १/१ बोरा चामलसहित दाल, नुन, तेललगायतको प्याकेज तयार गरिएको छ।

त्यस्तै, ३ सय ५० विद्यार्थीलाई कापी, कलमलगायत स्टेसनरी सामग्री पनि वितरण गर्न लागिएको छ। विद्यार्थीहरूका लागि एक–एक सेट ट्र्याक सुटको पनि व्यवस्था गरिएको छ। 

कोही नपुगेको ठाउँमा जान चाहेको भन्दै उनीहरूले सबैभन्दा विकट ठाउँ रोजेका थिए।

त्यहाँ राहत सामग्री लैजान उनीहरूले नेपालगन्जबाट ट्रकमा सामान लोड गरिसकेका छन्। राहत वितरण गरिने क्षेत्रसम्म ट्रक जान नसक्ने भएकाले ४ घण्टाको बाटोमा ट्रयाक्टरमा ओसारिनेछ। 

टिकटकबाटै जोडिएका एलिजे र आयुष केही समयदेखि प्रेम सम्बन्धमा थिए। 

गत असोज १९ गते उनीहरूले संयुक्त अरब इमिरेट्सको दुबईमा इंगेजमेन्ट गरेका थिए। उनीहरूले आफ्नो इन्गजमेन्टका इभेन्टहरू टिकटकमार्फत् पनि सार्वजनिक गरेका थिए। 

उनीहरूको इन्गेजमेन्टले नेपालमा पनि चर्चा पाएको थियो। उनीहरूलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत् बधाई दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .