‘बुलबुल’का निर्देशन विनोद पौडेलले नयाँ फिल्म बनाउने भएका छन्। उनले पोस्टर सार्वजनिक गर्दैँ नयाँ फिल्म ‘भूठान’ बनाउने घोषणा गरेका हुन्।
यो फिल्ममा कलाकार हरिवंश आचार्य मूख्य भूमिकामा देखिनेछन्।
यो फिल्मको नाम नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पि एस्ट म्यान’ राखिएको छ।
फिल्ममा हरिवंशसहित दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमला सुवेदी तथा कौशिला खनाल कर्माचार्यको अभिनय रहने छ। साथै फिल्ममा हलिउडका कलाकारहरुको अभिनय रहनेछ।
भूठान (द वल्र्डस् ह्यापिएस्ट म्यान्) सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङ्गमा समेत छानिएको थियो।
यस फिल्मले भुटानदेखि भारत ,नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवनयात्राको कथा समेटेछ।
सन् २०१९ मा रिलिज भएको ‘बुलबुल’ बाट पौडेलले नेपाल सरकारबाट सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए।
पौडेलकै कथा रहेको फिल्ममा अविरल थापा, राजेन्द्र ठकुराठी र अमिताभ जोशी निर्माताको रुपमा जोडिएका छन्। निर्माता अविरल थापाले यो चलचित्र विश्व बजारको लागि बनाउन लागिएको र अन्तर्राष्ट्रिय चलचित्रको भिडमा अलग्गै पहिचान कायम गर्नेमा आफू विश्वस्त रहेको बताए।
चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने यस चलचित्र नेपाली एवं अंग्रेजी भाषामा निर्माण हुनेछ। सन् २०२४ को अन्त्यसम्म छायाङ्कन सकिने फिल्म सन् २०२५ मा प्रदर्शन हुनेछ।
यस चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्नेछ। साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन्।
Shares
प्रतिक्रिया