ad ad

कला


बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने बानेश्वरको ‘वान सिनेमाज’लाई कारबाही सिफारिस

बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने बानेश्वरको ‘वान सिनेमाज’लाई कारबाही सिफारिस

नेपालखबर
मंसिर १९, २०८० मंगलबार ११:५२, काठमाडौँ

बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको आरोपमा काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वान सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ।

सोमबार साँझ चलचित्र चलिरहेको समयमा बोर्डका सदस्य राजु केसी, केएल बुढाथोकी, रबी अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी सो हलमा पुगेका थिए।

तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी फिल्म एनिमल देखाइरहेको भेटिएको हो। हल व्यवस्थापनलाई ती बालबालिकाको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो।

सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ। यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्ने बोर्डले जनाएको छ।

बालबालिकालाई ‘एडल्ट’चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गरेको छ। 

‘कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ,’ अनुगमन समितिका संयोजक राजु केसीले भने, ‘हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री नगर्न सम्पूर्ण हल सञ्चालकहरूलाई अनुरोध गर्दछौँ।’ 

कानुनले वर्जित गरेको कार्य गरेको भेटिएमा कानुनबमोजिम आवश्यक कारबाही हुने उनले बताए।

सो घटनाबारे थप अनुसन्धान गरी बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .