शाहरुख खानको फिल्म ‘जवान’ सन् २०२३ मा सबैभन्दा खोजिएको भारतीय फिल्म बनेको छ। विश्वभर गुगलमा सबैभन्दा धेरै खोजिएको फिल्ममा भने तेस्रो स्थानमा छ।
विश्वभर धेरै सर्च गरिने फिल्मको सूचिमा पहिलो नम्बरमा ‘बार्बी’ पर्दा हलिउड फिल्म ‘ओपनहाइमर’ भने दोस्रो स्थानमा छ।
त्यसैगरि, विश्वव्यापी सूचीमा थप दुई भारतीय फिल्म परेका छन्। ‘गदर २’ शीर्ष ८ भित्र पर्दा र ‘पठान’ १० औँ स्थानमा छन्।
भारतभर पनि जवान गुगलमा धेरै खोजिएको फिल्मको पहिलो स्थानमा छ। शाहरुख स्टारर जवान यसवर्ष सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म समेत हो।
जवानपछि ‘गदर २’, ‘ओपनहाइमर’, ‘आदिपुरुष’, ‘पठान’, ‘द केरला स्टोरी’,‘जेलर’, ‘लियो’,‘टाइगर ३’ र ‘वारिसू’ धेरै सर्च गरिने फिल्ममा परेका छन्।
त्यसैगरि, २०२३ मा सबैभन्दा बढी सर्च गरिएकी सेलिब्रेटीमा कायरा आडवाणी परेकी छिन्। साथै उनका श्रीमान तथा अभिनेता सिद्धार्थ मल्होत्रा धेरै खोजिएको लिस्टभित्र अटाएका छन्। र, धेरै खोजिएको सिरिजको लिस्टभित्र भने शाहिद कपुरको ‘फर्जी’ परेको छ।
Shares
प्रतिक्रिया