ad ad

कला


स्वस्तिमा अभिनित फिल्म ‘चिसो मान्छे’ भिडिओ पसलमा हेर्न सकिने

स्वस्तिमा अभिनित फिल्म ‘चिसो मान्छे’ भिडिओ पसलमा हेर्न सकिने

नेपालखबर
पुस २०, २०८० शुक्रबार १७:२४, काठमाडौँ

स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’ ओटीटी प्लेटफर्म भिडिओ पसलमा रिलिज भएको छ।

समीक्षात्मक हिसाबले उत्कृष्ट प्रतिक्रिया पाएको यस फिल्मलाई विश्वभरिबाट हेर्न पाइनेछ।

दीपेन्द्र के खनाल निर्देशित यो फिल्म अघिल्लो वर्षको असारमा रिलिज भएको थियो। शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा स्वस्तिमासहित अर्पण थापा, स्वस्तिमा खड्का , देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका अभिनय छ।

विदेशमा बस्ने धेरै दर्शकको उच्च माग रहेकाले यो फिल्मलाई नयाँवर्षको अवसरमा भिडिओपसलमा रिलिज गरिएको हो। सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ।

भिडियो पसलमा २.९९ डलर देखी ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई फोके गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ।

यसअघि भिडियोपसलमा हिट फिल्म छक्का पञ्जा ४ र झिङ्गेदाउ पनि रिलिज भइसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .