प्रभास स्टारर दक्षिण भारतीय फिल्म सलारले बक्सअफिसमा शानदार कमाइ गरेको छ। यस फिल्मले प्रदर्शनको १९ औं दिनमा विश्वभर ७००.३७ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।
फिल्म समीक्षक मनोबाला विजयबालनले एक्समार्फत सलारको वर्ल्डवाइड कलेक्सनबारे जानकारी दिएका छन्।
पहिलो दिन विश्वभर १७८.७० करोड भारुको ओपनिङ गरेको यस फिल्मले प्रदर्शनको १९ औं दिनमा साढे ६ करोड भारु कमाएको छ।
समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएतापनि सलारलाई दर्शकहरुले थिएटरमा भने चासोका साथ हेरिरहेका छन्।
सन् २०२३ मा रिलिज भएको रणवीर कपुर अभिनीत फिल्म 'एनिमल' ले ३९ औं दिनमा विश्वभर बक्स अफिसमा ९०० करोड कमाएको थियो।
शाहरुख खानको 'जवान' को लाइफटाइम कलेक्सन ११०० करोड भारु रहेको छ। र, शाहरुखकै 'पठान' ले १०५० भारुको व्यापार गरेको थियो।
जुन रफ्तारमा सलारको व्यापार बढिरहेको छ, सन् २०२३ मा धेरै कमाउने यी तीन फिल्मको रेकर्ड सलारले तोड्ने देखिन्छ।
केजीएफ फेम्ड प्रशान्त निलको लेखन र निर्देशनमा बनेको ‘सलार’मा प्रभासका साथै पृथ्वीराज सुकुमारन, टिनु आनन्द, श्रुति हसन र जगपति बाबुको अभिनय छ।
यो फिल्म तमिलसहित मलयालम, तेलुगु, कन्नड र हिन्दी भाषामा रिलिज भएको थियो।
Shares
प्रतिक्रिया