ad ad

कला


चलचित्र मनोरञ्जनको माध्यम मात्र होइन : सञ्चारमन्त्री

चलचित्र मनोरञ्जनको माध्यम मात्र होइन : सञ्चारमन्त्री

नेपालखबर
पुस २७, २०८० शुक्रबार १२:३३, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र समाजमा सन्देश दिने प्रभावकारी माध्यम भएको बताएकी छिन्। 

ललितपुरमा आयोजित केन्द्रीय चलचित्र जाँच समिति र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा उनले फिल्म मनोरञ्जनको माध्यम मात्र नभइ समाजमा सन्देश दिने शसक्त माध्यम रहेको बताइन्। 

‘चलचित्रलाई खाली मनोरञ्जनको रुपमा मात्रै हेरिन्छ। तर, त्यो मात्रै होइन। चलचित्र आमसञ्चारको माध्यम पनि हो। अझ समाजमा सन्देश दिने प्रभावकारी साधन हो,’ उनले भनिन, ‘चलचित्रको माध्यमबाट जब हामी सन्देश दिन्छौ, त्यो रियल लाग्छ हामीलाई। र, समाजले सबैभन्दा सजिलो र प्रभावकारी तरिकाले ग्रहण गर्ने सचारको माध्यम हो। पत्रीकामा लेखेको भन्दा, रेडियोमा सुनेको भन्दा, पुस्तक पढेकोभन्दा चलचित्र हेरेर ग्रहण बढी हुन्छ।’

उनले नेपालमा विदेशी फिल्मसङ्ग प्रतिस्पर्धा गर्न योग्य फिल्म बन्नुपर्नेमा पनि जोड दिइन। ‘अहिले विदेशी फिल्मले नेपाली फिल्मलाई गार्हो भयो भन्ने सुनिन्छ। विदेशी फिल्मसङ्ग प्रतिस्पर्धा गर्नको लागि हामीले सुरुमा त गुणस्तरीय फिल्म बनाउनुपर्छ। के कारणले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् त्यो पनि फिल्ममेकरले समीक्षा गर्नुपर्छ। र, राज्यले पनि ध्यान दिनुपर्ने के के कुरा हुन। चलचित्र सम्बन्धि व्यक्तिहरुले हामीलाई जानकारी गराउनुपर्छ। त्यसअनुसार हामी  सहयोग गर्न तयार छौँ,’ उनले भनिन्।

नेपाली फिल्मको विकासमा चलचित्र विकास बोर्ड, सेन्सर बोर्डसहित सम्पूर्ण चलचित्रकर्मीमिलेर अगाडि बढ्नुपर्ने बताउदै शर्माले चलचित्रसम्बन्धि पुरानो ऐन र नियमलाई संसोधन गर्नुपर्ने आवश्यकता पनि औँल्याइन्।

साथै शर्माले केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डको वेबसाइटको शुभाआरम्भसमेत गरिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .