अभिनेता राजवल्भव कोइरालाले फिल्म ‘एक्टर’बाट कमब्याक गर्ने पक्का भएको छ।
प्रदीप खड्काको मुख्य भूमिका रहेको यस फिल्मबाट कोइराला फिल्म क्षेत्रमा कमब्याक गर्दैछन्।
फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको कोइरालाले बताए। यसअघि प्रदीपसहित आना शर्मा मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।
राजन भुसालको निर्देशनमा बन्ने यस फिल्ममा थमन कुमार भण्डारीको लगानी रहेको छ। अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी छन्। यस फिल्ममा नरेन्द्र मैनालीले खिच्नेछन्।
केही महिनामा नै सुटिङ सुरु गरिने फिल्मलाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माणपक्षको छ।
‘पर्खि बसेँ’बाट रजतपटमा प्रवेश गरेका कोइराला एकसमय निकै छाए। उनले अभिनय गरेका फिल्मले पनि बक्स अफिसमा राम्रै कमाई गर्दा उनको अभिनयको चर्चा भएको थियो।
तर, फिल्म ‘हाइवे टू धम्पुस’ को छायांकनका लागि राजवल्लभ अमेरिका पुगे। यसपछि भने उनले नेपाली फिल्ममा निरन्तरता दिन सकेनन्।
Shares
प्रतिक्रिया