ad ad

कला


आमा बन्दै अभिनेत्री यामी गौतम

आमा बन्दै अभिनेत्री यामी गौतम

नेपालखबर
माघ २५, २०८० बिहिबार १७:२२, काठमाडौँ

भारतीय अभिनेत्री यामी गौतम आमा बन्न भएकी छिन्। बिहे गरेको तीन वर्षपछि यामीले केही महिनामै पहिलो सन्तानलाई जन्म दिनेछिन्।

केही दिनअघि यामीको मुख्य भूमिका रहेको फिल्म ‘आर्टिकल ३७०’ कार्यक्रम भएको थियो। यसै फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको खुसी फ्यानसँग साटिन्।

भारतीय मिडियाका अनुसार यामी गर्भवती भएको साढे पाँच महिनाभन्दा बढी भइसकेको छ। यामी आफ्नो गर्भावस्थाको बारेमा थाहा पाएदेखि धेरै खुसी भएकी थिइन्। आउँदो मे महिनामा बच्चालाई जन्म दिनेछिन्।

केहीअघि श्रीमान आदित्य धरसँग एक कार्यक्रममा पुगेकी यामीले पछ्यौरीले पेट छोपिन्, त्यसपछि उनको गर्भावस्थाको चर्चा चलेको थियो। अ आर्टिकल ३७० को ट्रेलर रिलिजसँगै अभिनेत्रीले चाँडै आमा बन्न लागेको पृष्टि गरेकी हुन्।

यामी गौतम र आदित्य धरले ४ जुन २०२१ मा विवाह गरेका थिए। उनीहरुको प्रेम ‘उरी द सर्जिकल स्ट्राइक’ को सेटबाट सुरु भएको थियो। करिब दुई वर्ष एकअर्कालाई डेट गरेपछि उनीहरुले बिहे गरेका हुन्।

यामीले सन् २००९ मा कन्नड फिल्म ‘उल्लास–उत्साह’ बाट फिल्मी उद्योगमा प्रवेश गरेकी थिइन्। सन् २०१२ मा उनले फिल्म ‘विक्की डोनर’ मा बलिउडमा आएकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .