रेखा थापाको फिल्म 'उपहार' ले केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड) बाट प्रदर्शनको अनुमति पाएको छ।
सेन्सर बोर्डले यू (युनिभर्सल) सर्टिफिकेट दिँदै रिलिजको अनुमति दिएको हो।
यो प्रमाणपत्र पाएसँगै उपहारलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।
यस फिल्ममा रेखासहित मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, समर्पण जंग कार्की, तेज गिरीलगायतको अभिनय छ।
सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्ममा सुलक्षण भारतीको कथा छ।
भारतीसहित अभिमन्यु निरवी र माधव शर्माको पटकथा लेखेका हुन्।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा बलराम शाही कार्यकारी निर्माता छन्। यो फिल्म फागुन २५ गते रिलिज हुँदै छ।
54
Shares
प्रतिक्रिया